https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

वर्दिवास, मंसिर १५  गते  । रोशनी झा मृत्यु प्रकरणमा उनका श्रीमान प्रशान्त मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ कटैया चौरीमा ससुराली भएकी रोशनीको मृत्यु प्रकरणमा उत्पन्न आशंकालाई दृष्टिगत गर्दै प्रहरीले प्रशान्तलाई आइतवार पक्राउ गरेको हो ।

शंकास्पद मृत्यु भएकी रोशनीका ससुराली पक्षले कहिले आत्महत्या गरेको, त कहिले भ¥याङ्गबाट लडेको भन्ने अस्पष्ट अभिव्यक्ति दिदैं आएका छन भने माइती पक्षले हत्या गरिएको भनी आरोप लगाउंदै न्यायका लागि गुहार गर्दै आएको छ । गत बिहीबार राति रोशनी भ¥याङबाट लडेको भन्दै उनका श्रीमानले जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि भर्ना गर्न लगेका थिए । तर अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको स्थानीयको भनाई छ ।

उता माइती पक्षले सोधखोज गर्दा पासो लगाई आत्महत्या गरेको भनी ससुराली पक्ष पन्छिन खोजेका थिए । तर माइत पक्षले शवको प्रकृति हेरेपछि घाँटी थिचेर हत्या गरेको आरोप लगाउंदै तीन दिनदेखि न्यायका लागि प्रहरीमा गुहार लगाउंदै आएको थियो । प्रहरीले कुनै सुनुवाई नगरेपछि स्थानीयको सहयोगमा चौतर्फी दबावपछि आइतवार जिल्ला प्रहरी कार्यायलय धनुषाका एसपी रुगमबहादुर कुँवरको स्थलगत निरिक्षणपछि रोशनीका ससुरा रुद्रनारायण मिश्रलाई पक्राउ गरिएको थियो ।

पछि अनुसन्धान गर्दै जाँदा घटनामा ससुराको संलग्नता नदेखिएपछि उनलाई रिहा गरेर पर्साहीबाट श्रीमान प्रशान्तलाई पक्राउ गरिएको जिप्रका धनुषाका डिएसपी गणेश बम भट्टले बताएका छन् । उनले भने ‘घटनास्थलबाट मृतकका ससुरा रुद्रनारायणलाई पक्राउ गरिएपनि अनुसन्धानमा उनी घटनाको दिन काठमाण्डू रहेको कारण संलग्नता नदेखिएपछि रिहा गरिएको हो ।’ तर श्रीमान प्रशासन्तको प्रत्यक्ष संलग्नता प्रारम्भिक अनुसन्धानमा देखिएपछि पैतृक गाउँ पर्साहीबाट पक्राउ गरिएको हो ।

निरिक्षण पश्चात एसपी रुगमबहादुर कुँवरले घटनास्थल निरीक्षण पश्चात संचारकर्मीसँग कुरा गर्दै भने मृतकको घाँटीमा निलडाम देखिएको हो । तर हत्या हो वा आत्महत्या अनुसन्धानपछि भन्न सकिनेछ । प्रहरी आफै घटनास्थलको निरिक्षण गरेर आरोपितलाई पक्राउ गरेपनि हालसम्म जाहेरी दर्ता नगरेको आरोप पीडित पक्ष रोशनीका मामा पंकज झाले लगाएका छन् ।

उनले भने ‘हामी दर्जनौको सहभागितामा जाहेरी दर्ता गराउन जिप्रका पुग्यो, तर प्रहरीले पोष्टमार्टम रिपोर्ट नआएको भनी जाहेरी राखेर दर्ता गरेका छैन ।’ पीडितको आरोप बारे डिएसपी भट्टले जाहेरी लिई मिसिलमा राखेर सोही आधारमा अनुसन्धान गरिसकेको बताएका छन । तर पीडित पक्षले आरोपित पक्षले मूल प्रमाण नष्ट गरिसकेको छ र बांकी प्रमाण पनि नष्ट पार्ने भनेर जाहेरी दर्ता गरी तत्काल अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार