सर्लाही , मंसिर १४ गते । नेकपा एमाले सर्लाहीबाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
चार वटै निर्वाचन क्षेत्रबाट खुला, महिला, युवा र दलित तर्फका प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
सर्वसम्मति जुटाउनलाई सहजीकरण समिति बनाएर अधिकार दिइएको थियो ।
उक्त समितिले लामो छलफल गरेर आकांक्षीहरुबीच सहमति जुटाएको जनाइएको छ ।
सर्वसम्मत प्रतिनिधि चयन हुँदा अधिवक्ता राखिका खतिवडा पनि महाधिवेशन प्रतिनिधि परेकी छन् ।
गलत अभियोजनका पीडित र आर्थिक अवस्था कमजोर बनेका पीडितहरुको पक्षमा वकालत गरेर खतिवडाले आफ्नो परिचय बनाएकी छन् ।
उनी सर्लाही–२, बाट महिला क्लस्टरबाट प्रतिनिधि बनेकी हुन् ।





