अरुण साह
वर्दिवास मंसिर १४ गते । बर्दिबास नगरपालिका १३ को भरत राउत लाई बिजलपुर युवा समाज सेवाद्वारा आर्थीक सहयोगको रूपमा ५५०० गरिएको छ ।
भरत राउतलाई लामो समयदेखि पक्षाघातजस्ता रोगबाट जुधिरहेका छन्। उहाँको घरको आर्थीक अवस्था र उपचारको लागी पैसाको कमी हेर्दा विजलपुर सामाज सेवाले सहयोग गरेका छन्।
करण साहको स्वामित्व र बिजलपुरा युवा समाज सेवाको केन्द्रीय सहकोषाध्यक्ष रञ्जित राउत गडेरीमा यो कार्यकमको बारेमा जानकारि दिनु भएको छन् ।
विगतको लामो समयदेखि बिजलपुरा युवा समाज सेवा संस्थाले बिजलपुरामा विपन्न वर्ग, परिवार लगायत विभिन्न प्रकारका मन्दिर निर्माण, भवन निर्माण जस्ता कार्यमा आर्थिक र भौतिक रूपमा सहयोग गर्दै आइरहेका छन् ।
बिजलपुरा युवा सामाज सेवामा विदेश बस्नु भएका बिजलपुराकै युवाको नेतृत्वमा पैसा संकलन गरी आफ्नो गाउँमा सहोग गर्ने हेतुले कार्य गर्दै आइरहेका छन्। यो एउटा युवालाई आफ्नो गाउप्रतिको माया र सद्भाव झल्काउने गरेका प्रत्येक्ष उदहारणको रूपमा रहेका छन् ।



