https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, मंसिर १४ गते । सरकारी स्वामित्वका रुग्ण उद्योग निजीकरण गर्ने सरकारी योजनाअनुसार प्रक्रिया अघि बढेको छ ।

अर्थ मन्त्रालयले ६ साउन २०८२ मा जनकपुर चुरोट कारखानासहित बुटवल धागो कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र नेपाल ओरेन्ड म्यागनासाइट प्रा.लि.लाई बिक्री गर्नेगरी यी उद्योगको वास्तविक सम्पत्ति मूल्याङ्कन (डीडीए) का लागि मूल्याङ्कनकर्ताको दरखास्त आह्वान गरेको थियो ।

मूल्याङ्कर्ताहरूको सर्टलिस्ट मन्त्रालयले २० साउन २०८२ मा सार्वजनिक गरेको थियो । जसमा एस. सुवेदी एन्ड एसोसिएटस्, देव एसोसिएटस्, चार्टर्ड एकाउनटेन्ट, एस एन्ड एस एसोसिएटस्, चार्टर्ड एकाउनटेन्टस् (जेभी), जिन एन्ड एसोसिएटस्, चार्टर्ड एकाउनटेन्स्, बीआरएस न्यौपाने एन्ड को, पीवाईसी एन्ड एसोसिएटस्, सुजन काफ्ले एन्ड एसोसिएटस् र एसआर पाण्डे एन्ड कम्पनी, चार्टर्ड एकाउनटेन्टस् प्रोसुमेन्ट अफ कन्सल्टिङ सर्भिस फर दि भ्यालुयसन अफ जनकपुर चुरोट कारखाना लिमिटेडको रुपमा सर्ट लिस्टमा परेका थिए ।

सोही मागबमोजिम परेको आवेदनहरूबाट अर्थमन्त्रालयले तीनवटा कम्पनीलाई छनोट गर्दै नाम सार्वजनिक गरेको हो ।

प्रस्तावअनुसार जनकपुर चुरोट कारखानाको डीडीएका लागि एस एन्ड एस– पीजेपीएन जेभी र एस.सुवेदी एन्ड एसोसिएसनस् मूल्याङ्कनकर्ताको रुपमा छनोटमा परेका छन् ।

यसैगरी बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरेन्ड म्यागनाइट प्रा.लि.को डीडीएका लागि सोही एस एन्ड एस–पीजेपीएन जेभीले जिम्मेवारी पाएको छ । नेपाल मेटल कम्पनी लिमिटेड कम्पनीको डीडीएका लागि एस एन्ड एस–पीजेपीएन जेभी र जिन एन्ड एसोसिएटस् छानिएका छन् ।

यी छनोटमा परेका मूल्याङ्कनकर्ता कम्पनीहरूले रुग्ण ४ वटा उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्नेछन् भने उक्त कम्पनीहरूको आर्थिक प्रस्ताव यही २१ मंसिरमा खोलिने अर्थमन्त्रालयले जनाएको छ । शिलापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार