जीवछ यादव
लहान, मङ्सिर १४ गते । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
शनिबार प्रतिनिधि छनोटका लागि सखुवानन्कारकटि गाउँपालिका महेश्वरीमा सम्पन्न निर्वाचनमा एक हजार २२९ मत खसेको निर्वाचन अधिकृत विष्णुदेव यादवले बताए।
उहाँको अनुसार खुल्लातर्फको चार जना प्रतिनिधिहरुमा क्रमशः लहान नगरपालिका पूर्व नगरप्रमुख मुनि साह एक हजार २१० मत, भगवानपुर गाउँपालिका अध्यक्षसमेत रहनुभएका उग्रनारायण यादव एक हजार १२४, पूर्व मधेश प्रदेश सभा सदस्यसमेत रहनुभएका नेकपा एमाले जिल्ला अध्यक्ष अशोककुमार यादव एक हजार १७२, सिरहा १ का सङ्घीय सांसद रहनुभएको रामशङ्कर यादव एक हजार २३, महिला प्रतिनिधितर्फ लहान नगरपालिका पूर्व उपप्रमुख रहनुभएका सरियारकुमारी चौधरी ९०६, विभाकुमारी यादव ८०२ र युवा प्रतिनिधि जितेन्द्रकुमार यादव एक हजार ११८ मत ल्याएर चुनिएका छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि चयन भएका सिरहा १ का प्रतिनिधिहरु ईश्वर पोखरेल र केपी शर्मा ओलीको पक्षमा खुलेर होइन, नेकपा एमालेलाई बदलिदो परिस्थितिमा सबल बनाउन चुनिएको सिराहा जिल्ला कमिटि अध्यक्ष अशोककुमार यादवले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पार्टीको आन्तरिक लोकतन्त्रको प्रक्रिया अनुसार चुनावबाट नै चयन गरिए पनि चुनाववमा पछि परेका साथीहरुको मतलाई समेत कदर गर्नेछौं ।’’
फागुन २१ गते तोकिएको चुनावका लागि आन्तरिक तयारीमा नेकपा एमाले रहेको अर्का युवा प्रतिनिधि जितेन्द्र यादवले सुनाउनुभयो । यता लहान नगरपालिकाका पूर्व नगरप्रमुख चुनावबाटै पहिलोपटक प्रतिनिधि चुनिएपछि पार्टीमा आफ्नो स्थान सुरक्षित गर्न यो प्रतिनिधि चुनावले पार्टीमा शक्ति संचय भएको चर्चाले गति लिन थालेको छ ।



