https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, मंसिर १४ गते । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन्।

अध्ययन बिदा सकिएको लामो समयसम्म पनि उनीहरू सम्पर्कविहीन भएका हुन्। यसरी सम्पर्कविहीन हुने वैज्ञानिकहरू अच्युत मिश्र, नविनकुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर रहेका छन्। यसैगरी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि सम्पर्कविहीन छन्। उनीहरूलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको परिषदले आज एक सूचना जारी गर्दै जनाएको छ।

उनीहरू अध्ययन बिदा सकिएको लामो समयसम्म पनि अनुपस्थित रहेका छन्। उनीहरूले अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएको थिए। तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले सूचनामा उल्लेख गरेको छ।

उनीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले अनुरोध समेत गरेको छ।

सूचना

प्रतिक्रिया

सम्बन्धित समाचार