https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मङ्सिर ५ गते । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्तिको विषयले पार्टीलाई क्षति भएको निचोडमा एमाले नेताहरू पुगेका छन् । बिहीबार बसेको सचिवालय बैठकमा अधिकांश नेताहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया र त्यसले सिर्जना गरेको अवस्थाको समीक्षाको माग गरेका थिए ।

मुख्यमन्त्रीको नियुक्ति र शपथ होटेलमा गराउँदा पार्टीको बदनाम भएको धारणा नेताहरूले राखेका हुन् । “मधेस प्रदेशको मुख्यमन्त्री चयनको प्रक्रिया ठिक भएन । नियुक्ति र शपथ होटेलमा गराउँदा प्रदेशप्रमुख, सभामुख हट्नुपर्‍यो । त्यसले पार्टीको बदनाम भयो, ठूलो घाटा भयो । समीक्षा गर्नुपर्छ भन्ने धारणा अधिकांश नेताहरूको थियो,” एक पदाधिकारीले भने ।

त्यसपछि महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीलाई राजीनामा गराएर अन्य संवैधानिक विकल्पको खोजी गर्नुपर्ने बताएका थिए । “मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन लगाउनुपर्छ । अरु संवैधानिक विकल्पमा जानुपर्छ,” पोखरेलको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । -१२खरी

 

प्रतिक्रिया

सम्बन्धित समाचार