काठमाडौँ, मङ्सिर ५ गते । मिथिलामा मनाइने प्रख्यात धार्मिक, सांस्कृतिक पर्व विवाहपञ्चमीले सामूहिक सद्भाव, सहयात्रा र अमर प्रेमको सन्देश दिने बताइएको छ । मधेशी आयोग र मिथिला संस्कृति समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रामरसीताको विवाह भएको दिनको स्मरणमा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा सम्पूर्ण मिथिलावासीले दीप प्रज्वलन, मङ्गल गीत, झाँकी, भजन, नाचगानसहित सामूहिक रूपमा मनाएर धार्मिक सद्भाव दर्साउँदै आएको जानकारी दिइएको छ ।
मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले मिथिलाको संस्कृतिका रूपमा युगौँदेखि मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष मङ्सिर ९ गते परेको र विवाहपञ्चमी मनाउने उत्सव मिथिलाञ्चलमा सुरु भइसकेको जानकारी दिनुभयो । विवाहपञ्चमीमा जनकपुरधाममा अयोध्याबाट हजारौँ भक्तजन जन्तीका रूपमा आउने र जनकपुरधाममा उहाँहरूको भव्य स्वागत सत्कार गरिन्छ भने पाँच दिनसम्म चल्ने यस पर्वको अन्तिम दिन विवाहपञ्चमीका दिन रामसीताको प्रतीकात्मक विवाह गराउने परम्परासमेत रहेको छ ।
मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका सदस्य आभा कुमारीले मिथिलाकी छोरी सीताले आफ्नो स्वामिमान र सत्यको पक्षमा कसैसँग पनि झुक्नु नपर्ने सन्देश दिएको बताए ।
सो अवसरमा संविधान सभा सदस्य लालबाबु यादवले रामरसीताले जुनसुकै अवस्थामा पनि आफ्नो कुलको आदर्श, मान मर्यादालाई मानेको तथ्यले हामी सबैलाई प्रेरित गरेको बताउनुभयो । सञ्चारकर्मी एवंरसाहित्यकार अर्चना झाले विवाहपञ्चमीको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै हजारौँ वर्षपहिले रामरसीतालाई केन्द्रमा राखेर लेखिएको रामायणले आजको जेनजी पुस्तासम्म पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
उहाँले जनकपुरकी सीता र अयोध्याका रामबिच विवाह भएको दिनलाई विवाहपञ्चमीका रूपमा मनाउँदा नेपालरभारतबिचको सौहार्द धार्मिक, सांस्कृतिक सम्बन्धलाई मात्र उजागर नगरी रामरसीताको जस्तो आदर्श जीवन बाँच्न सबैलाई प्रेरणा दिने बताए ।
रामायणलाई मैथिली भाषामा अनुवाद गर्नुभएकी सञ्चारकर्मी झाले विवाहपञ्चमीले रामायणले दिने जीवनदर्शन, मिथिलाको गौरवमय परम्परालााई पुनः स्मरण गराउँदै समाजमा एकता, मर्यादा, सदाचार र सांस्कृतिक सन्देश फैलाउने कार्यपत्रमा उल्लेख गर्नुभएको छ ।



