https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर २ गते । मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोडमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वसांसद परमेश्वर साह र सांसद जिबेन्द्र झा रहेका छन् ।

उनीहरूलाई प्रहरीले अहिले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

नयाँ मुख्यमन्त्री नियुक्त भएपछिको विवादमा उनीहरू आफैं संलग्न रहेर कार्यालय तोडफोड र कर्मचारी कुटपिटमा सक्रिय थिए ।

उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले  जानकारी दिएको छ ।

प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै कांग्रेससहितका दलका सांसद कार्यकर्ताहरुले तोडफोड, कुटपिट र राष्ट्रिय झण्डासमेत फाल्नेसम्मको गतिविधि गरेका थिए ।

कुटपिटपछि नेपाल निजामती कर्मचारी युनियनले संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कात्तिक २४ गते नै ज्ञापन पत्र बुझाएका थिए ।

लगत्तै, प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

त्यसपछि प्रहरीले अदालतबाट आइतबार पक्राउ पुर्जी लिएको थियो । त्यसपछि प्रहरीले आज बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार