गौशाला, कार्तिक २८ गते ।नेकपा एमालेको संसदीय दलको बैठक ढल्केवरमा सुरु भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवको अध्यक्षतामा बैठक सुरु भएको हो ।
मधेश प्रदेशको मुख्मन्त्रीमा यादव चयन भएपछि र प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामायीक विषयमा बैठकमा छलफल हुने नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष बलराम यादवले बताएका छन् ।



