https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कार्तिक २६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आजदेखि सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले छोटो कार्यकालमा   प्रहरी कर्मचारीहरूको मनोबल बनाएको बताएका छन्। ३० वर्षीय अनिवार्य सेवा पश्चात् बुधवार मध्यरातबाट अवकाशमा जना लाग्नु भएका खापुङलाई सुखद अवकाश जीवनको बधाई व्यक्त गर्दै मन्त्री अर्यालले खापुङको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई काम लाग्ने बताए। गृहमन्त्री अर्यालले  भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गर्छ।’

सरकार गठनको परिस्थिति र अवस्थाबारे बताउँदै गृहमन्त्री अर्यालले आइजिपीसँगको सम्बन्ध छोटो नै भए पनि विशेष रहेको उल्लेख गरे। गृह मन्त्रालयको नेतृत्व र प्रहरी प्रमुख र सम्पूर्ण जिम्मेवार प्रहरीहरूको अनुभव र कार्यकुशलताले मात्रै समग्रमा एउटा राष्ट्र सफल हुने उनको विचार थियो।

कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले गृह र सुरक्षा संगठनका भूमिका फरक भएता पनि दुवैको लक्ष्य एउटै भएको बताए। संगठनको नेतृत्वमा रहेर खापुङले देखाउनु भएको कार्यकुशलताको प्रसंशा गर्दै सचिव अर्यालले  उनको अवकाशपछिको जीवन थप सफल, सुखमय, फलदायी र ऊर्जाशील रहने विश्वास व्यक्त गरे।  कार्यक्रममा  बोल्दै आइजिपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठाभाव र लगनशीलता महत्वपूर्ण हुने  बताए।

आइजीपी खापुङले मन्त्री अर्यालज्यूको नेतृत्व क्षमता कार्यकुशलताको आजीवन तारिफ गरिरहने बताए।  उनले प्रहरीको मनोवल उठाउनु पर्ने विषयमा समेत जोड दिए।

कार्यक्रममा निवृत्त हुन लागेका खापुङलाई गृहमन्त्री अर्याल र सचिव दंगालले मायाको चिनो, फुल माला र खादाले बिदाइ गरेका थिए। बिहीबारदेखि प्रहरीको नेतृत्व दानबहादुर कार्कीले सम्हाल्दैछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार