https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कार्तिक २४ गते । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ ।

कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् ।

प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।

नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघ बढाउन उनले माग गरेका छन् ।

यसअघि आजै मधेश सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार