सन्तोष सिंह
महोत्तरी, कार्तिक २४ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जलेश्वनाथ महादेव मन्दिरमा पूजापाठ गरेका छन्। सोमबार बिहान मुख्यमन्त्री पदको शपथ लिएका यादवले जलेश्वर पुगेर महादेव मन्दिरको दर्शन गरी पूजापाठ गरेका हुन्।
मुख्यमन्त्री यादव महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित भएका हुन्। मन्दिर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले संघीयता–संघीयता भनेर चिच्याउनेहरूले नै संघीयता समाप्त गर्न खोजिरहेको आरोप लगाए।



