https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बारा, कात्तिक २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली सङ्कलन अभियानमा नाम दर्ता गराउने सेवाग्राहीको भिड दिनानुदिन बढ्दै गएको छ ।

प्रमुख जिल्ला निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार गत असोज १० गते निर्वाचनसम्बन्धी अध्यादेश जारी भएपछि बिहीबारसम्म तीन हजार ८५० जना नयाँ मतदाता थपिएका छन् ।

तीमध्ये दुई हजार ४३७ पुरुष र एक हजार ४१३ जना महिला मतदाता थपिएका हुन् । उहाँले भन्नुभयो, “दैनिक दुई सयदेखि २५० जना सेवाग्राही नाम दर्ता, संशोधन र अद्यावधिका लागि कार्यालय आउने गरेका छन् । आयोगले नाम दर्ता तथा अद्यावधिको समय कात्तिक मसान्तसम्म तोकेको छ ।

बारामा हालसम्म चार लाख ४० हजार ५१५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका नायब सुब्बा तथा सूचना अधिकारी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । आयोगले हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रवाह गर्दै आएको सिंहले बताउनुभयो ।

स्रोत : गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार