https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लहान, कात्तिक २१ गते । केही दशकअघिसम्म यादव समुदायमा कुनै व्यक्तिको मृत्यु हुँदा जसरी पनि मृत्यु भोज गर्नैपर्ने जातीय मान्यजनको दबाब हुन्थ्यो तर अब बिस्तारै त्यस्तो दबाब हट्न थालेको छ । पछिल्लो समय मृत्यु भोज गर्ने वा नगर्ने विषय मृतकका परिवारले स्वेच्छा अनुसार हुन थालेको यादव समुदायको संस्था गोपाल सेवा समिति लहानले जनाएको छ ।
लहान वडा नं. २३ बथनाहाका कमल यादवले भन्नुभयो, “मेरो पिताको अन्तिम संस्कारका दिन कात्तिक १७ गते मृत्यु भोज गर्न जातीय मान्यजनबाट कुनै दबाब आएन । गाउँस्तरमै भोज गरेँ । पहिला पहिला यस्तो भोज निकै ठुलो स्तरमा हुने गथ्र्यो । अहिले गोपाल सेवा समितिले नै मृत्यु भोजमा धेरै खर्च नगर्न पहल थालेको छ । गर्नैपर्ने कुनै दबाब दिँदैन ।”
गोपाल सेवा समिति लहानका अध्यक्ष गणेश यादवले भन्नुभयो, “आफ्नो परिवारजनको मृत्युमा ऋण काढेर होस् या खेत बेचेर स्वजातीय मान्यजन सभापतिको दबाबमा भोज गर्नैपर्ने अवस्था थियो । यस विषयमा गोपाल सेवा समितिले भिन्न जनजागरण कार्यव्रmम गरेपछि मृत्यु भोजको दायरा विगतभन्दा घट्दै गएको छ । सम्पन्न व्यक्तिले पनि भोजमा गर्ने खर्च गोपाल सेवा समितिको भवन निर्माणका लागि चन्दा दिन वा अन्य सामाजिक कार्यमा लगाउन थालेका छन् ।”
जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेश महतोले यादव, कोइरी (महतो), कलाल, सुँडी, तेलीलगायत अन्य जातीय समुदायमा देखिएको मृत्यु भोज र दाइजो विकृतिको बहस तीव्र रूपमा हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसबाट सकारात्मक परिणाम पनि आउन थालेको छ ।”
महदेवागाउँका यादव जातीय मान्यजन पल्टु यादवका अनुसार विगतमा सिराहामा यादव, महतो र तेली समुदायमा मृत्यु भोजमा बर्सेनि तीन करोड रुपियाँभन्दा बढी मूल्यको सामग्री भारतीय बजारबाट आउने गरेको देखिन्छ । अहिले मृत्यु भोजको दायरा घटाउन थालेपछि यसले समाजमा पनि राम्रो प्रभाव पार्न थालेको उहाँको भनाइ छ । अबका दिनमा मृत्यु भोजका लागि ऋण काढ्न वा खेत बेच्न आवश्यक छैन ।
हरेक जातीय सङ्घ सङ्गठनले आफ्नो स्वजातीय विकृति हटाउन सञ्चालन गरेको जागरण अभियानले गति लिइरहेको वरिष्ठ लेखक रामरिझन यादवले बताउनुभयो ।
उहाँले आफ्ना मातापिताको मृत्यु भोज नगरी छोरीलाई उच्च शिक्षा दिन प्रतिष्ठान गठन गर्ने अभियान थाल्दा आफू जातीय मान्यजनबाटै बहिष्कृत भएको पीडा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बल्ल अहिले आएर समाज परिर्वतन हुन थालेको छ । यो देख्दा खुसी लाग्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार