https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

समय त अवश्य लाग्ला बुवा

धैर्य राख्नु न पार गर्नेछु त्यो हरेक कठिनाइ

 

हजुर को हात खुट्टामा परेको छालाको

मल्हम बननु बाकि नै छ,

त्यो तीतो बोलीको प्रहारलाई मिठास बनाउन बाँकी नै छ

 

समय त अवश्य लाग्ला बुवा

मात्र धैर्य त राख्नु

 

तयार छु म त्यो काँडाको बाटो हिड्न

यो अँध्यारो रातमा बिहानीको प्रतीक्षा गर्न

यो अनजान सहरमा आफूलाई खोज्न

यो आँखाको आशुलाई मुस्कानमा परिवर्तन गर्न

 

समय त अवश्य लाग्ला बुवा,

मात्र धैर्य त राख्नु

 

त्यो हजुरको चाउरी परेको मुहारलाई हँसाउनु बाकी नै छ

आमाको लागी उनलाई मन परेको सारी किन्न बाकी नै छ

हजुरको सिलेको चपल हटाएर नयाँ चपल किन्न बाकी नै छ ,

त्यो हजुरको पसिनाले भिजेको गञ्जीलाई सुकाउन बाकी नै छ

 

समय त अवश्य लाग्ला बुवा

मात्र धैर्य त राख्नु बुवा

 

तपाई रातीराती थाकेर सुत्नै न सकेको रात याद छ मलाई

मलाई पैसा पठाउन नपुग्दा त्यो तनाव याद छ मलाई

तपाईँको त्यो हरेक रिसाईमा माया लुकेको था छ मलाई

मेरो हरेक कठिनाइमा मेरो प्रेरणा बनेर उभेको याद छ मलाई

 

समय त अवश्य लगला बुवा

मात्र धैर्य त राख्नु

 

बुवाको मुख हेर्नेदिन बुवा बिनाको कस्तो हुन्छ थाहा मलाई

जहाँ भए पनि हजुरको हाथ मेरो सिरमा छ, थाहा छ मलाई

बुवा भएर यतिकै सफल भएकी म

त्यसपछि के सम्भव र के असम्भव सब उस्तै लाग्छ मलाई

 

समय त अवश्य लगला बुवा

मात्र धैर्य त राख्नु

प्रतिक्रिया

सम्बन्धित समाचार