अरुण साह
बर्दिवास, कात्तिक १८ गते । जनकपुरधामका प्रख्यात कलेजको रूपमा चर्चित राम सागर राम स्वरूप बहुमुखी क्याम्पसमा आज बिद्यार्थीहरुको सक्रिय भूमिकामा पुस्तकाल्या सरसफाई गरिएको छन्। कलेजमा प्रशासन र प्रधानध्यापकको विद्यालय , पुस्तकालय र वरिपरि सरसफाइमा चासो न्यून देखिएको छ । विद्यार्थीहरु प्रति गैरजिम्मेवार भएको खबर बारम्बार आउने गरेका r विद्यार्थीको गुनासो रहेका छन् ।
बिद्यार्थीहरु पढ्नमा असहज वातावारण र फोहोल भएको हुनाले बिद्यार्थीहरु आफै पैसा जमा गरेर ४ थान झारु २० मास्क र फोहोर टिप्ने समान किनेर सरसफाई गरेका छन्। बिद्यार्थीहरु दिनहुँ गुनासो गर्दा पनि कलेज प्रशासन मौन रहेका बिद्यार्थीहरुले जानकारी दिएका छन्।
कलेज सरसफाइ आगामी दिनमा पनि हामीले गर्दै आउने छौ भन्दै बिद्यार्थी सयुंक्त भनाइ रहेका छन् ।कलेज पढ्न आउने हजारों विद्यार्थी भएको कलेजमा सरसफाइको अवस्था नाजुक देखिएका छन्। बिद्यार्थीहरु आफ्नो पढाइमा कठिनाई नहोस् भने उद्देश्यले आजको कार्यकम सयुंक्त रूपमा गरेका छन्। उक्त कार्य प्रति सबैले गर्व गरी प्रशंशा योग्य बनेका छन् ।



