https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिबास, महोत्तरी कार्तिक १७ गते । शिक्षक, अभिभावक र विद्यार्थीहरुसँगै बसेर शिक्षाको अधिकार र समस्याबारे महोत्तरीको बर्दिबास नगरपालिका – १३, बिजलपुरास्थित श्री जनता माध्यामिक विद्यालय डाडाटाेल बिजलपुरामा अन्तरक्रिया गरिएको छ ।

पुर्व बिधार्थी मंचको आयोजनामा सामुदायिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सोमवार आयोजना गरिएको थियो । वडाका बुद्धिजिवि समाजसेवी तथा अभियानिहरुको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले विद्यार्थीको चाप बढदै गएको र अनुशासन कमजोर हुँदै गएकाले विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक, बिद्यार्थीका साथै सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी करिना राउतले कतिपय अभिभावकले सरसफाई नगरी बालबालिकालाई विद्यालय पठाउने गरेको गुनासो गरे । सरकारले महत्व र सुविधा दिएपछि सामुदायिक बिद्यालयतर्फ आर्कषण बढदै गएको तर स्थानीय तहको ध्यान पुग्न नसकेको बताए ।
विद्यार्थी चन्द्रीका कुमारी सिंहले प्रयोगात्मक कक्षा नहुने गरेको गुनासो गरे । सरसफाई कर्मचारी भएपनि शौचालय फोहोर रहने गरेको, सबै बिद्यार्थीहरुको गृहकार्य परीक्षण नहुने गरेको बताए ।

युवा समाजसेवी ठकाइ महतोले समय–समयमा विद्यालय आएर अनुगमन गर्न आग्रह गरे । साबुनदेखि स्वास्थ्य सामाग्रीको व्यवस्था हुन नसकेको गुनासो समेत गरे । उनले भने,”कतिपय शिक्षकहरुको पढाउने कार्यमा रुची नदेखिएको भन्नु हुँदै शिक्षा संग सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने देखिन्छन् ।”

कार्यक्रमका प्रमुख अतिथी प्रोफेसर सत्यनारायण आलोकले अधिकारसँगै अर्को पक्षको कर्तव्य जोडिएकाले अधिकारसँगै जिम्मेवारी निर्वाहप्रति एक हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार