रोशन कुमार महतो
बिजलपुरा, कार्तिक १६ गते । महोत्तरीको बर्दिबास नगरपालिका-१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालय डाँडाटोलको शैक्षिक विकासका लागि पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।
धन नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्य तदर्थ समिति गठन गरिएको हो । बिजलपुरा रुपान्तरण अभियानको पहलमा उक्त मञ्च गठन गरिएको थियो ।मञ्चको सह-संयोजकमा विश्वलाल सिंह, सचिवमा राजकरण महतो, कोष—संयोजकमा प्रदिप महतो, सह-सचिवमा आनन्द कुमार सिंह रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा सन्तोष सिंह, सीताराम खड्का, कृष्णानन्द सिंह, रोशन राउत, शशी कुमार सिंह, रामप्रमोद महतो, लक्ष्मण सिंह, ठकाई महतो, बीरेन्द्र महतो र बिनोद महतो छन् ।
त्यसैगरि तीन सदस्य सल्लाहकार समिति पनि चयन गरिएको छ । प्रोफेसर सन्त सत्यनारायण आलोक, जनता मा.बि.डाँडाटोलका प्रधानाध्यापक हरिदेव महतो र मनिष समाल मञ्चको सल्लाहकारमा छन् ।
मञ्चका संयोजक श्रेष्ठका अनुसार पूर्व विद्यार्थी मञ्च विद्यालयकोे दीर्घकालीन विकासको आधारशिला हो । यसले विद्यालयलाई आत्मनिर्भर, प्रेरणादायी र समुदायमुखी बनाउँछ ।
‘पूर्व विद्यार्थीहरूको ज्ञान, सीप, सञ्जाल र स्रोतको सही उपयोगले विद्यालयको शैक्षिक गुणस्तर र प्रतिष्ठा दुवै उच्च बनाउन सकिन्छ ’, उनले भने ।



