https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

टिप्स/जानकारी रिचर्ड ग्रे: तपाईंको टुथब्रस एउटा सानो इकोसिस्टम हो, जहाँ हरेक दिन करोडौँ सूक्ष्म जीव (माइक्रोब)हरू बाँचिरहेका हुन्छन्।
यसका टुटेका र फैलिएका रेशा सुक्खा माटोझैँ हुन्छन्, जुन पानीले भिज्दा केही क्षणका लागि पौष्टिक तत्वले भरिन्छ। यी प्लास्टिकका स–साना रेशाबीच लाखौँ जीवाणुहरू बसोबास गर्छन्।
यस क्षण तपाईंको ब्रसमा करिब १० लाखदेखि १ करोड २० लाखसम्म ब्याक्टेरिया र फङ्गस हुन सक्छन्। ती सयौँ फरक–फरक प्रजातिबाट आएका हुन्छन् र ब्रसको सतहमाथि जैविक तह (बायोफिल्म) बनाउँछन्।
केही त पुराना रेशाका भँगालो र चिरामा समेत पस्छन्। हरेक दिन जब हामी दाँत माझ्छौं, त्यसमा पानी, थुक, छालाका कोषहरू र खानेकुराका स–साना टुक्रा पुग्छन्। यी सबै मिलेर ती जीवाणुहरूलाई बढ्ने मौका दिन्छन्।
कहिलेकाहीँ वरिपरिका ट्वाइलेट फ्लस वा झ्याल खुल्दा हावासँग आएका सूक्ष्म जीवहरू पनि यसमा मिसिन्छन्, र त्यसपछि दिनमा दुईपटक हामी यही मिश्रणलाई मुखभित्र घुमाउँछौं।

के हामीले हाम्रो टूथब्रस कति सफा छ भन्ने कुरा चिन्ता गर्नु पर्छ?

यो प्रश्न धेरै वर्षदेखि डेन्टिस्ट र चिकित्सकलाई चिन्तित बनाइरहेको छ। यसकारण, उनीहरूले यो बुझ्नको लागि प्रयास गरेका छन्, हाम्रो टूथब्रसमा कुन–कुन जीवहरू बस्छन्, ती कति खतरनाक हुन सक्छन् र हामीलाई हाम्रो ब्रशलाई कसरी सफा राख्नुपर्छ ?

सूक्ष्म जीवहरू कहाँबाट आउँछन्?

टूथब्रसमा सूक्ष्म जीवहरूको संक्रमणमा अनुसन्धान गरेका जर्मनीको राइन-वेल विश्वविद्यालयका सूक्ष्म जीवविज्ञानी मार्क-केविन जिन भन्छन्, “टूथब्रसमा पाइने सूक्ष्म जीवहरू मुख्यत: तीन ठाउँबाट आउँछन्। यी तीन स्रोतहरू हुन् – हाम्रो मुख, हाम्रो छाला र जहाँ हाम्रो ब्रश राखिन्छ।”
तर, ब्रश प्रयोग गर्नु अघि नै त्यसमा ठूलो संख्यामा सूक्ष्म जीव उपस्थित हुन सक्छन्। ब्राजिलमा गरिएको एक अध्ययनमा ४० नयाँ टूथब्रसहरूको परीक्षण गरिएको थियो, जुन विभिन्न कम्पनीहरूबाट किनिएका थिए। नतिजामा पाइएको थियो कि ती मध्ये आधा ब्रश पहिले नै विभिन्न प्रकारका ब्याक्टेरियाबाट संक्रमित थिए।
सपन्न कुरा भनेको, प्राय: अधिकांश सूक्ष्म जीव हानिकारक हुँदैनन्। अधिकांश हाम्रो आफ्नै मुखबाट आउँछन्। हरेक पटक जब हामी ब्रश गर्छौं, त्यसको रेशे हाम्रो मुखमा पाइने सूक्ष्म जीवहरू जस्तै रोथिया डेन्टोकारिओसा, स्ट्रेप्टोकॉकस माइटिस र एक्टिनोमायसिज समूहका ब्याक्टेरियाहरूलाई समेट्छन्।
यी सबै सामान्यतया हाम्रो मुखमा पाइन्छन् र कुनै नोक्सान पुर्याउँदैनन्। यिनमध्ये केही हाम्रो दाँतलाई सड्नबाट जोगाउन मद्दत गर्छन्।
हानिकारक ब्याक्टेरिया
ब्राजिलको युनिभर्सिटी अफ साओ पाउलो का दन्त चिकित्सक प्रोफेसर भिनिसियस पेद्राजीका अनुसार, ‘सबैभन्दा खतरनाक ब्याक्टेरिया स्ट्रेप्टोककस र स्टाफिलोकोकस हुन्, जसले दाँतमा किरा लगाउँछन्।
अन्य केही सूक्ष्म जीवले मसूढामा सुजन ल्याउँछन्, जसलाई पेरियोडोन्टल रोग भनिन्छ।’ शोधकर्ताहरूले यस्ता ब्याक्टेरिया र फङ्गस पनि भेटेका छन्, जुन सामान्यतया टुथब्रसमा हुनु हुँदैन। जस्तै, एस्चेरिचिया कोलाई, स्यूडोमोनास एरूजिनोसा र एन्टेरोब्याक्टेरिया, जसको सम्बन्ध पेटको संक्रमण र फुड प्वाइजोनिङ सँग हुन्छ।
अध्ययनमा क्लेब्सिएला न्युमोनिए (जो अस्पतालमा हुने संक्रमणको सामान्य कारण हो) र क्यान्डिडा यिस्ट (जसले थ्रश नामको समस्या ल्याउन सक्छ) पनि टुथब्रसमा फेला परेका छन्। यी सूक्ष्म जीव हामीले ब्रस धुने पानीबाट, हाम्रै हातबाट, वा ब्रस राख्ने वातावरणबाट पनि आउन सक्छन्। सोच्दा, त्यो वातावरण प्रायः हाम्रो बाथरूम नै हुन्छ।
बाथरूम तातो र ओसिलो ठाउँ हो, जहाँ हावामा साना पानीका थोपा (एरोसोल) लगातार बन्ने गर्छन्।

यी थोपासँग ब्याक्टेरिया र भाइरस हावामा फैलिन्छन्। मार्क-केविन जिनका अनुसार, यही कारणले बाथरूममा राखिएका टुथब्रसहरू छिट्टै संक्रमण (कन्टामिनेशन) हुने गर्छन्।
धेरै मानिसहरू आफ्नो बाथरूममै टायलट राख्छन् र यहीँबाट समस्या अझ गम्भीर बन्छ।
ट्वाइलेट प्लूम अर्थात् फ्लस गर्दा उठ्ने साना पानीका थोपा
हरेकपटक जब तपाईंले टायलट फ्लस गर्नुहुन्छ, पानी र फोहरका सूक्ष्म थोपा करिब १.५ मिटर (झण्डै पाँच फिट) सम्म हावामा फैलिन्छन्। यी एरोसोल जस्ता थोपा भित्र ब्याक्टेरिया र संक्रमण फैलाउने भाइरस हुन सक्छन्—जस्तै फ्लू, भिड-१९ वा नोरोभाइरस, जसले उल्टी र पखाला जस्ता रोगहरू निम्त्याउन सक्छन्।

यदि तपाईंको टुथब्रस टायलटको छेउमा राखिएको छ भने, फ्लस गरेपछि ती सूक्ष्म थोपा त्यसका रेशा (ब्रिसल) मा टाँसिन सक्छन् र पछि ती नै रेशा तपाईंको मुखमा पुग्छन्। यद्यपि संक्रमणको मुख्य खतरा फ्लस गर्ने बेला सासमार्फत सीधा हुने सम्भावना बढी हुन्छ, तर फ्लस गर्नु अघि टायलटको ढक्कन बन्द गर्नु धेरै राम्रो सावधानी हो।
साझा (कमन) बाथरूमहरूमा यो समस्या अझ गम्भीर हुन्छ। एक विश्वविद्यालयको अध्ययनले देखायो कि यस्ता बाथरूममा राखिएका ६० प्रतिशत विद्यार्थीका टुथब्रसमा फोहरसँग सम्बन्धित ब्याक्टेरिया भेटिएका थिए र कतिपय अवस्थामा एउटा व्यक्तिको ब्रसमा अर्को व्यक्तिका जीवाणु समेत पुगेका थिए।
तर अमेरिकाको इलिनोइसस्थित नर्थवेस्टर्न विश्वविद्यालयकी प्रोफेसर एरिका हार्टम्यान, जो वास्तविक वातावरणमा सूक्ष्म जीवहरूको जीवित रहने क्षमतामा अनुसन्धान गर्छिन्, उनका अनुसार टायलट प्लूमलाई लिएर धेरै डर मान्नुपर्ने आवश्यकता छैन।
उनको अध्ययनमा इलिनोइसका मानिसबाट संकलित ३४ टुथब्रसहरूमा फोहरसँग सम्बन्धित ब्याक्टेरिया अपेक्षा भन्दा निकै कम पाइए। हार्टम्यानका अनुसार, धेरैजसो आन्द्रासँग सम्बन्धित सूक्ष्म जीव हावामा आएपछि लामो समयसम्म बाँच्न सक्दैनन्।
उनी भन्छिन्, ‘मलाई लाग्दैन कि अधिकांश मानिसहरू आफ्नै टुथब्रसका कारण बिरामी पर्छन्।’
जोखिम कति छ?
टुथब्रसलाई कोठाको तापक्रममा राम्ररी सुक्न दिनु ब्याक्टेरियाको संख्या घटाउने सबैभन्दा सजिलो उपाय हो। धेरैजसो अवस्थामा संक्रमणको जोखिम धेरै कम हुन्छ,  यसमा मार्क-केभिन जिन पनि सहमत छन्। तर जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तिनीहरूका लागि यो चिन्ताको विषय हुन सक्छ, किनभने उनीहरूमा संक्रमण हुने सम्भावना बढी हुन्छ।
जिनका अनुसन्धान र यस्तै अन्य अध्ययनहरूमा,जसमा टुथब्रसमा पाइएका ब्याक्टेरियाको डीएनए विश्लेषण गरिएको थियो, पत्ता लाग्यो कि केही ब्याक्टेरियामा यस्ता जिनहरू हुन्छन्। जसले तिनीहरूलाई एन्टिबायोटिक (औषधि)को प्रतिरोधी बनाउँछन्।
यसको अर्थ— यदि यी ब्याक्टेरियाले संक्रमण फैलाए भने, उनीहरूको उपचार गर्न गाह्रो हुन सक्छ। यद्यपि जिन भन्छन् कि उनीहरूको अध्ययनमा यी जिनहरू “धेरै न्यून स्तरमा” पाइए र सार्वजनिक स्वास्थ्यको दृष्टिले यो “मध्यम स्तरको चिन्ता” मात्र हो।
त्यस्तै इटालीमा गरिएको अर्को अध्ययनमा, ५० विद्यार्थीका टुथब्रसहरूको परीक्षण गर्दा सबैमा यस्ता ब्याक्टेरिया भेटिए जुन धेरै औषधिहरूप्रति प्रतिरोधी थिए।
केही टुथब्रसहरूमा एन्टिमाइक्रोबियल (जीवाणुरोधी) कोटिङ गरिन्छ र दाबी गरिन्छ कि यसले ब्रसमा ब्याक्टेरियाको वृद्धि रोक्छ। तर अधिकांश अध्ययनहरूले देखाएका छन्, यी उपायहरूले खासै प्रभाव पार्दैनन्।
बरु कहिलेकाहीँ यी उपायहरूले औषधिप्रति प्रतिरोधी ब्याक्टेरिया लाई झन् बढावा दिन सक्छन्।
वास्तावमा, ब्रस गरेपछि टुथब्रसलाई ठाडो अवस्थामा राखी, कोठाको तापक्रममा सुक्न दिनु, ब्याक्टेरियाको संख्या घटाउने सबैभन्दा सजिलो उपाय हो।
धेरै भाइरस (जस्तै इन्फ्लुएन्जा र कोरोनाभाइरस)सुक्दा टुट्न थाल्छन्। त्यस्तै स्ट्रेप्टोककस म्युटान्स जस्ता ब्याक्टेरिया, जुन दाँतमा किरा लाग्ने मुख्य कारण हुन्। टुथब्रसका रेशा (ब्रिसल्स)मा करिब ८ घण्टा सम्म बाँच्न सक्छन् तर १२ घण्टापछि मर्न थाल्छन्।
अमेरिकन डेन्टल एसोसिएसन र हालसम्मको अमेरिकी रोग नियन्त्रण केन्द्र दुवैले यो सल्लाह दिएका छन्, टुथब्रसको टाउकोलाई ढाकेर वा बन्द कन्टेनरमा नराख्नू, किनभने यसरी राख्दा सूक्ष्म जीवहरूको वृद्धि अझ बढ्न सक्छ।
टुथब्रस कसरी सफा राख्ने?
विशेषज्ञहरूका अनुसार हरेक तीन महिनामा टुथब्रस बदल्नुपर्छ। टुथब्रसलाई जीवाणुमुक्त राख्ने धेरै उपायहरू बताइन्छन्, अल्ट्राभायोलेट प्रकाश प्रयोगदेखि लिएर ब्रसलाई डिशवाशर वा माइक्रोवेभमा राख्नेसम्म। तर सबै उपाय प्रभावकारी हुँदैनन्।

जस्तै, हेयर ड्रायर ले सुकाउने वा ब्रसलाई व्हिस्कीको गिलासमा डुबाउने तरिका पूर्ण रूपमा बेअसर प्रमाणित भएका छन्। माइक्रोवेभ सामान्यतया सबैभन्दा प्रभावकारी मानिन्छ, तर यसले ब्रसका रेशा (ब्रिसल्स) पग्लिन वा बिग्रिन सक्ने खतरा पनि हुन्छ।
तपाईंको टुथपेस्टमा जीवाणुरोधी तत्व हुन्छन्, जसले केही सूक्ष्म जीवहरूलाई कम गर्छ। पानीले राम्ररी पखाल्दा पनि केही ब्याक्टेरिया हट्छन्, तर धेरैजसो ब्रसमा टाँसिएर बढ्दै जान्छन्।
केही अनुसन्धानकर्ताहरूका अनुसार, एक प्रतिशत भिनेगारको घोल ब्याक्टेरिया घटाउने प्रभावकारी उपाय हुन सक्छ, तर यसले ब्रसमा हल्का स्वाद (अमिलो गन्ध) छोड्न सक्छ, जो अर्को पटक ब्रस गर्दा असहज लाग्न सक्छ।
ब्रसको टाउकोलाई एन्टिसेप्टिक माउथवाशमा ५–१० मिनेटसम्म भिजाउने तरिका पनि प्रभावकारी मानिन्छ।
पुराना ब्रसका टुटेका र घिसिएका रेशा ब्याक्टेरिया, नमी र पोषक तत्वहरूलाई लामो समयसम्म समातेर राख्छन्, जसले सूक्ष्म जीवहरूलाई बढ्न सजिलो बनाउँछ।
त्यही कारण अमेरिकन डेन्टल एसोसिएसन (एडीए) जस्ता संस्थाहरूले हरेक तीन महिनामा ब्रस बदल्ने सल्लाह दिन्छन्। कमजोर रोग–प्रतिरोधक क्षमता भएका व्यक्तिले ब्रस अझ चाँडै बदल्नुपर्ने हुन्छ।
मार्क–केभिन जिनका अध्ययनले पनि देखाएको छ। टुथब्रसमा ब्याक्टेरियाको संख्या ब्रस प्रयोग गर्न थालेको १२ हप्तापछि आफ्नो सर्वाधिक स्तरमा पुग्छ।
अब केही अनुसन्धानकर्ता नयाँ दिशातर्फ लागिरहेका छन्, त्यस्ता टुथपेस्टहरू विकास गर्न जसले ‘राम्रो ब्याक्टेरिया’ को वृद्धि प्रोत्साहन गर्छ। यी प्रोबायोटिक टुथपेस्ट को उद्देश्य मुखभित्र लाभदायक सूक्ष्म जीवहरूको सन्तुलन कायम राख्नु हो।
उदाहरणका लागि, स्ट्रेप्टोककस स्यालिभेरियस नामक ब्याक्टेरियाले हानिकारक जीवहरूलाई दबाउने र प्लाक बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ। यसको परीक्षण हाल न्यूजिल्याण्ड की एक कम्पनीले गरिरहेकी छ।
अर्को ब्याक्टेरिया लिमोसिल्याक्टोब्यासिलस रोइटेरी स्ट्रेप्टोककस म्युटान्स सँग प्रतिस्पर्धा गर्छ, जसले दाँतमा किरा लाग्ने सम्भावना घटाउन सक्छ।
जिन भन्छन्,  ‘प्रोबायोटिक कोटिङ वा बायोएक्टिभ ब्रिसल सामग्री भविष्यमा स्वस्थ सूक्ष्मजीव सन्तुलन कायम राख्ने नयाँ उपाय बन्न सक्छन्,  जसले टुथब्रसलाई संक्रमणको स्रोत होइन। बरु सुरक्षाको माध्यम बनाउन सक्छ।’
तर उनी स्वीकार्छन्,  ‘यो क्षेत्रमा अझ धेरै अनुसन्धान आवश्यक छ।’
त्यतिन्जेलका लागि आफ्नो बाथरूममा राखेको ब्रसलाई एकछिन हेर्नुहोस् — के त्यसलाई बदल्ने समय आएको छ? वा सायद त्यसलाई  बाथरुमबाट अलि टाढा राख्नु नै बुद्धिमानी हुनेछ।
-बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित समाचार