https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह

गाैशाला, कार्तिक ५ गते । जनताको मागअनुसार गाैशाला नगरपालिकाले नगर अस्पतालमा मातृ तथा नवजात शिशु उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। बुधबार एक विशेष समारोहबीच उक्त ब्लकको उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि माननीय लक्ष्मी महतो कोईरीले जनताको लामो समयदेखिको माग र आवश्यकता अनुसार यो सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच सबैसम्म पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उठाएको कदम सराहनीय भएको उल्लेख गर्नुभयो।

त्यस अवसरमा गाैशाला नगर प्रमुख डा. दिपेन्द्र महतोले मातृ र नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार नगरपालिकाको प्रमुख प्राथमिकता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी जनताको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्ध छौं । यो ब्लक सञ्चालनसँगै आमाबाबु र नवजात शिशुका लागि सहज र सुरक्षित उपचार सुविधा उपलब्ध हुनेछ ।”

नगर प्रमुख महतोले आगामी दिनमा नगर अस्पताललाई थप स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने योजना पनि रहेको जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार