https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिबास, असोज ३१ गते ।   बालविवाहविरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यले Youth For Change (युथ फर चेन्ज) नामक संस्थाले बर्दिबास–९, पथलैया बजारस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा “विद्यालय सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ।

Youth For Change ले बर्दिबास क्षेत्रमा बालविवाह अन्त्यका लागि चलाएको अभियानलाई थप प्रभावकारी बनाउन उक्त सचेतना कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले बालविवाहका गम्भीर असरहरू, शिक्षाको महत्व र बालबालिकाको अधिकारबारे खुला छलफल गरेका थिए। उनीहरूले प्रश्नोत्तर सत्रमा सक्रियताका साथ भाग लिएर आफ्ना विचारहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका सहभागी विद्यार्थीहरूले आफ्नो समुदाय र टोलमा बालविवाह अन्त्यको सन्देश फैलाउने र यस सामाजिक कुरीतिविरुद्ध दृढतापूर्वक लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सचेतना कार्यक्रमको मुख्य नारा “नै कर्वै बालविवाह, नै त हो हमर जीवन तबाह” (बालविवाह गर्दैनौं, हाम्रो जीवन बर्बाद गर्दैनौं) रहेको थियो, जसले समाजमा बालविवाहविरुद्ध सशक्त सन्देश प्रवाह गरेको Youth For Change ले जनाएको छ।

Youth For Change ले यस अभियानमा निरन्तर साथ र सहयोग प्रदान गर्नुभएकोमा Save the Children र  (सिफ्ट) संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। यस किसिमका कार्यक्रमले समुदायमा बालविवाहविरुद्धको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार