https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, असोज ३१ गते । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफू काठमाडौं आउन लागेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘काठमाडौं छोटो समयका लागि आउँदैछु।’ उनले किन काठमाडौं आउन लागेको भन्नेबारे कुनै जानकारी दिएका छैनन्।

उनी जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की सरकारको निरन्तर विरोध गर्दै आएका छन्। गत भदौ २३ र २४ गतेको दुई दिने प्रदर्शनपछि तत्कालीन केपी शर्मा ओली सरकार ढलेपछि उनी नेतृत्व लिन काठमाडौं आएका थिए। तर उनी प्रधानमन्त्री बन्न पाएनन्।

त्यसपछि धरान फर्किएका उनले कार्की सरकार विदेशीको इसारामा बनेको आरोप लगाउँदै आएका छन्। उनले पटक पटक प्रधानमन्त्री र केही मन्त्रीहरूको राजीनामा समेत मागेका छन्।

कार्की सरकारले पूर्णता पाउन सकेको छैन। यसबिच नयाँ मन्त्रीसहित मन्त्रीपरिषद् विस्तार गर्ने चर्चा भइरहेको छ। यसबिच मेयर राईको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार