https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लभ ठाकुर

गौशाला, असोज २९ गते  । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित दुर्गा मन्दिर, जल्पा मन्दिर र गणेश मन्दिर परिसरमा इलाका प्रहरी कार्यालय गौशालाले बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

मन्दिर क्षेत्रको सौन्दर्य संरक्षण र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले गरिएको उक्त सरसफाइ अभियानमा इलाका प्रहरी कार्यालय गौशाला र ट्राफिक प्रहरी कार्यालय गौशालाका कर्मचारीहरूका साथै स्थानीय बासिन्दा र भक्तजनहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रमा फोहरमैला बढेको र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिए।

उनले आगामी दिनमा पनि सार्वजनिक स्थल, विद्यालय र धार्मिक स्थानहरूमा यस्ता सरसफाइ अभियान निरन्तर सञ्चालन गरिने बताए ।

प्रहरी निरीक्षक लामाको संयोजकत्वमा सम्पन्न सरसफाइ कार्यक्रममा गौशाला नगरपालिका–५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, श्री दुर्गा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू तथा विभिन्न व्यापारीहरूको समेत सहभागिता रहेको थियो ।

यसैबीच, दुर्गा मन्दिर परिसरमा मोटरसाइकल पार्किङका कारण मन्दिरको सौन्दर्यमा असर परेको भन्दै पुजारीले गुनासोसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार