https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असोज २७ गते ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा संकलन नगर्न सचेत गराएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिएको छ ।

प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम माग गरिरहेको भन्ने जानकारी प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।

प्रधानमन्त्रीको तर्फबाट यस्ता किसिमका कुनै पनि चन्दा वा आर्थिक सहयोग संकलन गर्नका लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिएको विज्ञप्तिमा भनिएको छ । यदि कोही कसैले यस्तो काम गरिरहेको भए त्यस्तो सहयोग अस्वीकार गर्न प्रधानमन्त्रीको कार्यालयले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित समाचार